अपडेट 
२०७७ माघ २४, शनिबार १५:५१

अफगानिस्तानको राजधानी काबुलमा छुट्टा छुट्टै इलाकामा भएको दुई ओटा बम आक्रमणमा परी एक प्रहरी अधिकारीको मृत्यु भएको छ । बम आक्रमणमा अन्य ६ जना घाइते भएका छन् । खिरखाना पुलिस चौकी नजिकै ट्रकमा बम विस्फोट भएको थियो । विस्फोटमा एक गाडी र अन्य थुप्रै पसलहरू ध्वस्त भएको प्रहरी स्रोतले जनााइएको छ ।

त्यसैगरी शोरबाजार इलाकामा भएको बम विस्फोटमा परी अन्य ६ जना सर्वसाधारण घाइते भएको काबुल प्रहरीका प्रवक्ता फरदस फरमर्जले जानकारी दिनुभयो। आक्रमणहरुको कुृनै पनि समूहले जिम्मा लिएको छैन् ।

Comment


Related News

Latest News

Trending News