अपडेट 
२०७७ माघ २४, शनिबार १६:३०

नेपालमा शनिबार थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ९९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ८०६ पुगेको छ । त्यस्तै थप २४८ जना कोरोनामुक्त भएका छन् भने हालसम्म नेपालमा २ लाख ६७ हजार ८१२ जना कोरोनामुक्त भएका छन् । गत २४ घण्टामा कसैको पनि कोरोनाका कारण निधन नभएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा दुई हजार ३५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै हाल सक्रिय संक्रमितको संख्या १९ सय ५९ जना रहेको छ भने ९५ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २० लाख ९१ हजार १६६ वटा पिसिआर गरिएको छ ।

Comment


Related News

Latest News

Trending News