अपडेट 
२०७७ माघ २५, आईतवार ०८:२०

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.८ गम्हरगाँवाम भएको फुटबल प्रतियोगितामा बिरगंज युथ एकेड् मी बिजय भएको छ ।

हरियाली युवा क्लब ,बाराको आयोजनामा शनिवार भएको फाईनल खेलमा बिरगंज युनाईटेडलाई १–० गोलको अन्तरले हराउँदै बिरगंज युथ एकेड्मी बिजय भएको आयोजक क्लबका अध्यक्ष नबिन कुमार चौधरीले जानकारी दिनुभयो । बिजय क्लबका जर्सि नं.६ का खेलाडि अजय चौधरीले ४५ मिनेटपछि गरेको गोल नै निर्णायक बन्न पुग्यो ।प्रतिद्धन्दि क्लब बिरगंज युनाईटेडले निर्धारित समयभित्र कुनै गोल गर्न सकेन् । प्रथम हुने बिरगंज युथ एकेड्मीलाई नगद ५० हजार रुपैया ,शिल्ड र मेडल बरिष्ठ समाजसेबि देवनारायण चौधरीले प्रदान गर्नुभएको थियो । दोस्रो हुने क्लब बिरगंज युनाईटेडलाई कार्यक्रमकाबीच नगद २५ हजार ,शिल्ड र प्रमाणपत्र प्रदान गरिएको आयोजक क्लबका सचिव गजेन्द्र बछारले जानकारी दिनुभयो ।

फाईनल खेलको औपचारिक कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१० का वडा अध्यक्ष सरोज पटेल ,नेकपाका छोटेलाल चौधरी लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन संदेश सिँहले गर्नुभएको थियो ।

Comment


Related News

Latest News

Trending News