अपडेट 
२०७७ माघ २५, आईतवार ०८:२६

प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले संघीय सरकारको लापवाहीका कारण आमजनताले संघीयता र गणतन्त्रको अनुभूति गर्न नसकिरहेको आरोप लगाएका छन् ।

समता फाउण्डेशनले जनकपुरमा आयोजना गरेको प्रदेशमा वैदेशिक रोजगारका चुनौती र सरोकारवाला पक्षको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले ऐन कानुनको अभावमा प्रदेश सरकारले चाहेपनि काम गर्न नसकिरहेको बताए । वैदेशिक रोजगारमा सर्वसधारण गरिव विपन्न ठगिरहेका छन्, मन्त्री यादवले भने,‘ तर ती ठगहरुलाई कारवाही गर्ने अधिकार प्रदेश सरकारलाई छैन् । संघीय सरकार ती अधिकार आफ्ै सँग राखेको छ । यस्तोमा प्रदेश सरकारले चाहेर पनि पीडितको पक्षमा केहि गर्न सकिरहेको छैन ।’ कोरोना महामारीका कारण वैदेशिक रोजगारमा खटिनेहरुको अवस्था दयनीय बन्दै गएपनि संघीय सरकारले यस तर्फ कुनै ध्यान नदिएको मन्त्री यादवले बताए ।

वैदेशिक रोजगारमा जानेहरुसँग मिटर व्याजीहरुले चर्को व्याज असुली गरिरहेका छन्, तर तिनिहरुलाई कारवाही गर्ने निकाय प्रहरी प्रशासन अझै संघीय सरकारकै मातहत रहेको छ, प्रदेश सरकारले कसरी काम गर्ने मन्त्री यादवले प्रतिप्रश्न गरे ? प्रदेश २ लाई अपराधिको हव बनाउने काम संघीय सरकारले गरिरहेको दावी गर्दै मन्त्री यादवले पछिल्लो पटक प्रदेशमा मट्टर, सुपारी लगायतको तस्करी बढिरहेको बताए । नेपालमा चिनि उत्पादन गर्ने उद्योगी व्यवसायी र उखु किसानले कुनै अनुदान पाउदैन, मन्त्री यादवले भने,‘ तर कमिशन खानलाई संघीय सरकारका मन्त्रीहरुले आवश्यकताभन्दा बढि चिनि भारतबाट आयात गर्छन । तर आफ्नै देशमा उत्पादन भएका चिनिलाई बजारमा सहज पहुँच हुन दिदैन ।’ पत्रकार तथा दलित अधिकारकर्मी भोला पासवानको अध्यक्षतामा भएको कार्यक्रममा वैदेशिक रोजगारमा देखिएका विभिन्न विषयमा छलफल भएको थियो ।

Comment


Related News

Latest News

Trending News