अपडेट 
२०७७ माघ २५, आईतवार ०८:३५

गरुडा । रौतहटको मध्यभाग गरुडामा नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा शनिबार तेस्रो चरणको विरोध प्रदर्शन गरेको छ ।

प्रमूख पतिपक्षी दल समेत रहेको कांग्रेसले रौतहटको गरुडामा विरोध प्रदर्शन गरेको हो । कांग्रेसका १३ विभिन्न भ्रातृ संगठनले आइतबार नै संसद् विघटनविरुद्धको प्रदर्शनमा सहभागी बन्न सबै सदस्य तथा शुभचिन्तकमा संयुक्त अपिल गरेको थियो । प्रदर्शनमा नेविसंघ, तरुण दल, महिला संघ, किसान संघसहितका १३ विभिन्न भ्रातृ संगठनहरूले नेतृत्व गर्ने कांग्रेसले जनाएको छ । उनीहरूले स्थानीय पार्टी नेतृत्वसँग समन्वय गर्दै विरोधसभा गर्ने बताइएको छ । कांग्रेसले तेस्रो चरणको आन्दोलन अन्तर्गत नै २४ माघमा शुभेच्छुक संस्थाको नेतृत्वमा र ३० माघमा सबै जिल्लामा स्थानीय पार्टी तहकै नेतृत्वमा प्रदर्शन गर्ने निर्णय गरेको छ । कांग्रेसले यसअघि पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ गते विरोध कार्यक्रम गरिसकेको छ ।

Comment


Related News

Latest News

Trending News