अपडेट 
२०७७ माघ २६, सोमबार ०७:३८

बारा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

बीआर ०५वाई ६४१७ नम्बरमा सवार भारत बिहार जिल्ला मोतिहारी थाना हंसपुर ग्राम पंचायत वडा नम्बर १० घोडासहान बस्ने २६ वर्षीय अरबिन्द महतो र १४ बर्षीय किशोरलाई पक्राउ गरिएको बाराका प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले जानकारी दिए । फेटा गाउँपालिका–५ जोतपुरटोलस्थित दशगाजा क्षेत्र नजिकै शनिबार अस्थाई प्रहरी पोष्ट जोतपुरबाट खटिगएको टोलीले शंकाको आधारमा चेकजाँच गर्दा नगदसहित उनीहरुलाई पक्राउ गरेको हो ।

रानी लेखेको कपडाको झोलामा लुकाई छिपाई राखेको १ हजारको नोट १९ सय २३ थान, ५ सयको ५ हजार ७ सय ४ थान, १ सयको १२ सय थान र ५० को नोट १ सय थानसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक शाहीले जानकारी दिए । यसबारे थप अनुसन्धान भईरहेको र यसमा नेपालीहरुको पनि संलग्नता हुन सक्ने भएकोले छानवीन भइरहेको उपरिक्षक शाहीले बताए । पक्राउ परेका दुवै जनालाई सम्पति शुद्धिकरण बिभाग काठमाण्डु पठाउने तयारी भइरहेक उनले बताए । पक्राउ परेका हकमा बिगोको दोब्बर र २ बर्ष देखि १० बर्ष सम्मको जेल सजाय हुने ब्यवस्था रहेको जानकारी दिए ।

प्रहरी उपरिक्षक शाही बारा आएदेखि लागूऔषध डाईजोपान २ सय ९६ पिस, नुर्फिन २ सय ९४ पिस, फेनार्गन २ सय ९८ पिस, नाईट्रोभेट ५ सय ७६ पिस सहित १ जना पक्राउ गरेका हुन ।

Comment


Related News

Latest News

Trending News