अपडेट 
२०७७ माघ २६, सोमबार ०७:५३

जनता समाजवादी पार्टी नेपालजसपा) प्रधानमन्त्री केपी शर्माको पुतला दहन गरेको छ । पुर्व निर्धारित विरोधको कार्यक्रम अन्तर्गत आइतबार जसपाले स्थानिय तहमा विरोध प्रदर्शन गर्दै ओलीको पुतला दहन गरेको हो ।

प्रधानमन्त्री ओलीले स्वेच्छाकारी ढंगले संसद् विघटन गरेर देशलाई संकट तर्फ धकेलेको आरोप लगाउँदैं जसपाले दोश्रो चरणको आन्दोलन अन्तर्गत आइतबार पुतला दहन गरेको हो । प्रदेश २ सहित देशभरीका स्थानिय तहमा जसपाले प्रम ओलीको असंवैधानिक कदम बिरुद्ध प्रदर्शन गर्दै पुतला जलाएका थिए । प्रधानमन्त्री ओलीले आफ्नो व्यक्तिगत स्वार्थ पुर्तिका लागी संसद् विघटन गरेर जनताको अभिमतलाई अपमानित गरेको आरोप लगाउँदैं प्रदर्शन जसपाले प्रदर्शन गरेका हुन । जनकपुरधामको जनकचौकमा जसपाका नेता तथा कार्यकर्ताहरुले प्रम ओलीको पुतला जलाएका थिए । संसद् विघटन विरुद्ध जसपाले विभिन्न नारा सहित प्रदर्शन गरेका हुन । ओली देशलाई संकट तर्फ धकेलेको आरोप लगाउँदैं जनकपुरधामको जनकचौकमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध चर्काे नाराबाजी गरेका थिए । प्रदेश २ का आठै जिल्लामा जसपाका नेता कार्यकर्ताहरुले विरोध प्रदर्शन गर्दै पुतला दहन गरेको छ ।

प्रदेशका अस्थायी राजधानी जनकपुरधाममा पनि जसपाका नेता कार्यकर्ताहरुले विरोध प्रदर्शन गर्दै पुतला दहन गरेका हुन् । पुतला दहन कार्यक्रमको मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिएको थियो । पुतला दहन कार्यक्रम असफल पार्न व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो । जसपाका युवाहरुले जनकचोकमै पुतला दहन कार्यक्रम सम्पन्न गरेको थियो । महोत्तरी, सिरहा, सर्लाही, सप्तरी, रौतहट, बारा र पर्सा जिल्लाका पालिकाहरुमा पनि असंवैधानिक कदम विरुद्ध प्रधानमन्त्रीको पुतला दहन गरिएको छ ।

Comment


Related News

Latest News

Trending News