अपडेट 
२०७७ माघ २६, सोमबार ०८:००

ज्वाइन आवर हैण्ड्स मलंगवाले सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा न.३ भेल्हीमा संचालित सन्ध्याकालिन टयुशन सेन्टरमा अध्यनरत आर्थिक रुपले विपन्न, टुहुरा तथा दलित समुदायका बालबालिकाहरुलाई शैक्षिक समाग्री र खाजाको लागि खाद्यान्न वितरण गरेको छ ।

उक्त ट्युशन सेन्टरमा अध्यनरत ५० जना स्थानीय बालबालिकाहरुलाई शैक्षिक समाग्रीहरुमा कापी , पेन्सिल र खाजा वितरण गरिएको संस्थाका अध्यक्ष राजेश पंडितले बताए । आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय जान नपाएका र शैक्षिक सामाग्री खरिद गर्न सक्ने हैसियत नभएका विपन्न तथा दलित समुदायका बालबालिकाहरुलाई शैक्षिक समाग्री वितरण गरेको हो । शिक्षामा पहुँच तथा विद्यालय टिकाउनको लागि , विद्यालय जानबाट बन्चित हुन नदिनको लागि , बालबालिकालाई प्रोत्साहन , कापी कलमका बाहानाले विद्यालय नजाने रोक्नको लागि र शैक्षिक सुधार , दलित बालबालिकाको गुणस्तरीय शिक्षा , सबैको लागि अनिवार्य शिक्षाको उदेश्यले भेल्हीका राकेश कुमार साह र पुनम देवीले आफ्नै घरमा त्यस्ता बालबालिकाहरुलाई हरेक साँझ २ घण्टा मात्र ५० रुपैया सेवा शुल्क लिएर टिउसन पढाउँदै आएको जानकारी पाएपछि आफ्नो संस्थाको तर्फबाट पनि केही गर्नु पर्छ भन्ने सोंच लिएर केही थोरै भएपनि उनीहरूलाई त्यस्ता सामाग्रीहरु वितरण गरेर सहयोग गरेको अध्यक्ष पंडितले बताए ।

संस्थाको तर्फबाट टिउसन सेन्टर संचालक शिक्षक र शिक्षिकालाई सम्मान समेत गरेको संस्थाका कोषाध्यक्ष सुजित चौधरीले जानकारी दिए । सहयोग सामाग्री लिएर भेल्ही स्थित टिउसन सेन्टरमा पुगेका संस्थाका अध्यक्ष ,कोषाध्यक्ष , सदस्यद्वय स्वस्तिका साह र बिक्रम पटेललाई शिक्षक , बालबालिका तिनका अविभावकहरुले खुसी व्यक्त गर्दै धन्यवाद दिएका थिए ।

Comment


Related News

Latest News

Trending News