अपडेट 
२०७७ माघ २६, सोमबार ०८:२४

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संसद पुर्नस्थापनको विषयमा अदालतको फैसलालाई आत्मसात गरेर जाने बताएका छन् । वीरगंज–२८ बगहीमा आयोजित पार्टीको वृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

पूर्ब उपप्रधानमन्त्री समेत रहेका नेता निधिले अहिलेको संकटको अवस्थालाई निकास दिन सर्बोच्च अदालतको बाटो कुरेर पार्टीले आफनो अगामी रणनीति बनाउने काममा लागेको बताए ।‘ जसरी पनि प्रतिनिधि सभा जिवित बनाउनु पर्छ,यदि सर्बोच्च अदालतले फैसला गरेर पुर्नस्थापन भयो भने स्वीकार छ,यदि संसद पुर्नस्थापनको पक्षमा फैसला नगरे अगामी चुनावमा जान पनि पार्टी तयार रहेको छ,’उनले नेता कार्यकर्ताहरुलाई निर्देशन दिदै भने,‘जनताको मतबाट प्रतिनिधिसभा निर्वाचित भएको थियो,लोकतन्त्रको लागि प्रतिनिधिसभा जसरी पनि मर्नू हुदैन,बाचिरहनु पर्छ । ’नेपाली काँग्रेसकी नेतृ चित्रलेखा यादवले केपी ओलीलाई ‘बाघको छाला ओढेको गदहा’को संज्ञा दिइन् । उनले आफनो बालहटको लागि देशलाई दुर्घटनामा पु¥याएको आरोप लगाउँदै बाघको छाला ओढेर बाली खाएर मोटाउने गदहा र लोमडी(स्याल)को कथा सुनाउँदै उनलाई यस्तो संज्ञा दिएकी हुन् । उनले सबै संबैधानिक व्यवस्था मेटाउनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीको साथ खोज्ने ओलीले अगामी चुनावमा पनि जनताको भोटको सट्टा राष्ट्रपतिकै शीतल निवासको ढोका खटखटाउन र उहाँकै साथ पुगे पर्याप्त हुने व्यंग्य पनि गरेकी थिइन् ।

‘ओली जीले मैं ठिक हु बाँकी सबै बेठिक,जे पनि गरिदिन्छु,राष्ट्रपतिले लालमोहर लगाइदिनु हुन्छ भनेर असंबैधानिक कदम चाल्दै गएका छन्,’उनले भनिन्,‘उहाँले जनताले दिएको दुई तिहाई बराबरको प्रतिनिधि सभालाई भंग गरेर अब जनताको मत किन चाहियो,राष्ट्रपतिले सबै कुरा दिइहाल्नु हुन्छ नी ।’नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले ओलीले देशलाई बर्बाद गरेको आरोप लगाए । उनले जनताले भारी बहुमतले जिताएको प्रधानमन्त्रीले संविधानमा उल्लेख नभएको धारा उल्लेख गरी गलत किसिमले संसद भंग गरेर जनताको भावनासंग खेलवाड गरेको बताए । उनले संविधानमा संसद भंग गर्ने अधिकार कहि कतै उल्लेख नभएकोले सर्बोच्चले पनि त्यही संविधान पल्टाएर सही फैसला हुनेमा आफु विश्वस्त रहेको विचार राखे । उनले हिन्दू धर्मको अस्तित्वलाई होली वाइन प्रकरणमा कुठाराघात गरेका थिए । त्यति बेला आफुले लगाएको जनेउ,रुद्राक्ष र पशुपतिको नसम्झिने ओली अहिले पशुपतिको झन्डझुन्ड बनाएर दर्शन र पूजापाठमा लागेको पनि नसुहाएको बताए । मधेश नेपाली काँग्रेसको प्राण भएको र नेपाली काँग्रेसको पालामा मधेशका धेरै जनताले नागकिरता पाएको चर्चा गर्दै त्यस कारण काठमाण्डुमा काँग्रेसले अन्य पार्टीबाट गैर नेपालीलाई नागरिकता वितरण गरेको पार्टी हो भनेर गाली पनि खाएको चर्चा गरे । उनले सात वटा प्रदेश मध्ये सबैभन्दा बढि भ्रष्ट सरकार प्रदेश २ कै सरकार भएकोले मधेशवादी दल जसपाबाट पनि जनताले सचेत हुनु पर्ने धारणा राखे ।

वडा नं २८ बगहीका वडा एकाई अध्यक्ष सरयुग महतो धानुकको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया,सुरेन्द्र चौधरी,फरमुलाह मन्सुर,पर्सा सभापति अजयकुमार द्विवेदी,ओमप्रकाश शर्मा,अनिल रुंगटा,प्रदेश सांसद राजेश्वर साह तेली, पटेर्वासुगौली गापाकी उपमेयर ममता महतोलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा चार जना वृद्धवृद्धालाई कम्बल ओढाएर सम्मान गरिएको थियो । बगही नेपाली काँग्रेस र नेपाली काँगेसका स्व नेता गिरिजाप्रसाद कोइराला ,स्व कृष्णप्रसाद भट्टराईको बाल्यकालको साथी तथा प्रजातन्त्रको लागि विभिन्न आन्दोलनमा सघाएको गाउँको रुपमा परिचित छ ।

Comment


Related News

Latest News

Trending News