अपडेट 
२०७७ माघ २७, मंगलवार ०७:३७

माघको अन्तिम सात्तादेखि सञ्चालन हुने भनिएको जनकपुर–जयनगर रेल्वे सेवा सञ्चालन भने अनिश्चत भएको छ ।

माघकै अन्तिम सात्तामा सञ्चालन हुने भनिएपनि अव फागुनको दोस्रो सत्ता सम्मको लागि सारिएको नेपाल रेल्वे कम्पनिले जनाएको छ । फागुनमा पनि सञ्चालन हुने हो कि होइन भने विश्वस्त हुने अवस्था नरहेको देखिन्छ । कारण, कहिलेदेखि सञ्चालन हुन्छ भन्ने यकिन साथ भन्ने अवस्थामा सरोकारवाला निकाय विश्वस्त देखिएका छैनन् । हुन त अघि पनि पटक पटक रेल्वे सञ्चालनको तिथिमिति तोकिएको थियो तर सञ्चालन हुन सकेका छैनन् । ेल सञ्चालनका लागि आवश्यक प्राविधिक तयारी पुर्ण रुपमा हुन नसकेकोले जनकपुर–जयनगर रेल्वे सेवा माघ भित्र सञ्चालन हुन नसक्ने नेपाल रेल्वे कम्पनिका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । रेल्वेका टिकट काट्ने स्पटवेयर, टिकटको मुल्य निर्धारण लगायतका तयारी भएपनि कार्यालय सञ्चालनका लागि आवश्यक भौतिक संरचना निर्माणमा ढिलाई भएको महाप्रबन्धक भट्टराईले बताए ।

प्राविधि कर्मचारीहरु रेल चालक, स्टेशन मास्टर, म्याकेनिकल ईन्जिनियर, पावर म्यानेजर, ट्राफिक म्यानेजरसहित २६ जना कर्मचारी भारतीय रेल्वे कम्पनिबाट र बाँकी कर्मचारी सडक विभाग र विगतमा रेल्वेका काम गरेका अनुभव कर्मचारीलाई राखेर सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनिको निर्णय भएको गरेको महाप्रबन्ध भट्टराईले बताए । तर रेल्वे कम्पनिले गरेको निर्णय मन्त्रीपारिषदबाट स्वीकृत भएलगतै सञ्चालनको कार्य सुरु हुन्छ । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा रेल्वेको उद्घाटन गर्ने गरि छलफल भईरहेको पनि उनले बताए । तर उद्घाटनको मिति अझै तोकिन नसकिएको उनले बताए ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि गत असोज २ गते दुई सेट डेमो ट्रेन ल्याइएको थियो ।

Comment


Related News

Latest News

Trending News