अपडेट 
२०७७ माघ २७, मंगलवार ०७:४४

प्रदेश २ का जिल्लामा नेपाली रुपैयाका भौतीक तस्करी मौलाएको छ । बारामा अबैध रकम सहित भारतीय नागरिक पक्राउ परेको एक दिन नबित्दै रौतहटबाट समेत श्रोत नखुलेको रकम बरामद भएको छ ।

रौतहटको गौरबाट श्रोत नखुलेको २२ लखा रुपैया सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । परोहा नगरपालिका–१ जिगाडवा बेलबिछवाका २४ वर्षीय मोहमद दिलसाद आलमलाई प्रहरीले गौर स्थित सार्वजानिक बस पार्कबाट नम्बर नखुलेको रातो रंगको स्कूटीबाट २२ लाख रुपैया सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । विशेष सुचनाको अधारमा प्रहरी टोली चेकजाच गर्दा २१ लाख ९० हजार नेपाली रुपैया बरामद भएको प्रहरी नायव उपरीक्षक भारत श्रेष्ठले बताए । स्कूटीबाट १ हजारको १८ सय १० थान , ५ सयको ४ सय ८० थान , १ सयको ३ सय थान , ५० को १८ सय थान ,२० को ९ सय १ थान र १० रुपैयाका नोट २ सय थान बरामद भएको हो । आलमले आफ्नै नामको राखेको ३१ लाख १६ हजारको ५ थान चेक, ह्वट्सपमा विभिन्न कारोबार को विबरण खुलेको मोबाईल एक थान बरामद भएकोले आलमलाइ कार्यवाहीको लागि सम्पति शुद्धिकरण विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

यस अघि आइतबार बाराबाटा अबैध रकम सहित भारतीय नागरिक पक्राउ परेका थिए । आइतबार बाराको फेटा गाउपालिकाको जोतपुरटोल स्थित दशगाजाबाट २ भारतीयलाई ४९ लाख नेपाली रुपैया सहित प्रहरीले पक्राउ गरेका थिए । प्रदेश २ को रौतहट, बारा र पर्सामा अबैध श्रोत नखुलेको रकम पटक पटक बरामद भएको छ । बैकबाट हुने हुण्डिमा प्रहरीले निगरानि बढाएपछि नेपाली रुपैयाको भौतीक तस्करी मौलाएको नेपाली प्रहरीका प्रदेश २ का प््रहरी प्रमुख डीआइजी धिरज प्रताप सिंहले बताए । लागुऔषध र अवैध कारोबारको जम्मा भएको ठुलो परिमाणको नेपाली रुपैया भारतीय क्षेत्रबाट भौतीक तस्करीको क्रममा पक्राउ परेको हो, डीआइजी सिंहले भने,‘रौतहट र बाराबाट श्रोत नखुलेको रकम बरामद भएको हो ।

कारोवारीले हुण्डिको शैली फेरेर अबैध रकम नेपाल ल्याउन खोज्दा पक्राउ परेका छन् ।’ सिमा नाकाबाट श्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैया आवतजावतमा गर्नेमाथि प्रहरीले निगरानि बढाएको छ, उनले भने ।

Comment


Related News

Latest News

Trending News