अपडेट 
२०७७ माघ २७, मंगलवार ०७:५८

सशस्त्र प्रहरी बाराले भारी मात्रामा लागऔषध बरामद गरेको छ ।

सशस्त्र प्रहरी बाराले मटिअर्वा सिमा नाकाबाट सोमवार १ हजार ८ सय पिस लागुऔषध बरामद गरेको छ । कलैया उपमहानगरपालिका–१० स्थितमटिअर्वा बिओपि मटिअर्वाबाट सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र फुयालको नेतृत्वमा खटिएकसशस्त्र प्रहरी टोलीले लागुऔषध बरामद गरेको हो ।

भारतबाट साईकलको प्रयोग गरी नेपालतर्फ लागुऔषध ल्याईरहेको अवस्थामा सशस्त्रको गस्ती टोली देखेर मानिस साईकल लिई फरार भएको सशस्त्र प्रहरी कार्यालय बाराले जनाएको छ । बरामद लागुऔषधमा नोर्फिन २ एम.एल.को ६ सय पिस ,डाईजोपाम २ एम.एलको ६ सय पिस र फेनारगन २ एम.एल.को ६ सय पिस गरी जम्मा १८ सय पिस लागुऔषध रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउँ गरिएको लागुऔषधलाई आवश्यक कार्बाहीकोलागि प्रहरी चौँकी मटिअर्वाको जिम्मा लगाईएको छ ।

Comment


Related News

Latest News

Trending News