अपडेट 
२०७७ माघ २७, मंगलवार ०८:२८

गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले भौतिक पुर्वाधारको विकासमा फडको मार्न लागेको बताएका छन् ।

नगरपालिकाको १ करोडको लागतमा गौर स्थित मधेशी क्रान्ति चोकमा निर्माण हुने स्मृति टावरको सोमवार शिलान्यास गरेपछि पत्रकारहरु संग कुरा गर्दै मेयर गुप्ताले स्मृति टावरको निमार्णले गौर नगरपालिकाको विकासमा थप टेवा पुग्ने बताए । नगरपालिकाको नगरस्तरिय योजना अन्तर्गत निमार्ण हुने टावर ऐतिहासिक हुने उनले जनाए । टावर निर्माणले पर्यटन क्षेत्रको विकासको साथ साथै पर्यटक भित्रिने विस्वास समेत व्यक्त गरे । विपि कोइरालाको स्मारक भएको ठाउँमा निर्माण भइरहेको स्मृति टावरको चारै तिर देशको लागी योगदान पुर् याएका व्यक्तिहरुको प्रतिमा राखिने मेयर गुप्ताले जानकारी दिए ।

नगरपालिका भित्र सडक, नाला निर्माणको कार्य तिव्र रुपमा भैरहेकोले धार्मिक, सास्कृतिक, पर्यटकीय क्षेत्रको विकासमा नगरपालिकाले जोड दिएको उल्लेख गरे । देशमा भएका जनआन्दोलनमा आफनो योगदान गरेका विर शहिदहरुको शालिक राखिने योजना रहेकोले गौरको सौन्र्दयकरणमा ठुलो भुमिका घण्टा घरको निर्माणले पुग्ने नगर प्रमुख गुप्ताको विश्वास रहेको छ । गौर नगरपालिका भित्र पर्ने मुख्य सडकको निर्माण सघन शहरी कार्यक्रम अन्र्तगत शहरी विकास मन्त्रालयवाट निर्माण भैरहेको छ । नगरपालिका भित्रमा वरहवा ताल, सोवर्नामाइको मन्दिर , वालेश्वरनाथको मन्दिर , पुरानो दरवारको रुपमा रहेका पुरेनवा दरवार भ्रमण अवलोकन गर्ने ठाउँको रुपमा रहेको छ ।

गौर बसपार्क नजिक निर्माणाधिन अवस्थामा रहेका शहिद पार्क तथा गौरको मुटुमा बन्न लागेको घण्टा घरले पर्यटकलाई लोभयाइने मेयर गुप्ताको भनाई रहेको छ । २ वर्ष भित्र निर्माण कार्य सम्पन्न गरिने लक्ष्य रहेको सो टावरको निर्माणका लागी नगरपालिकाले चालु आर्थिक वर्षमा ४० लाख रुपैया निकासा गरेको छ ।

शिलान्यास कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव , नेपाल प्रहरीका प्रहरी उपरिक्षक सिद्धिविक्रम शाह , सशस्त्र प्रहरी बलका सशस्त्र प्रशरी उपरिक्षक सुर्य बहादुर सेन ओली , राष्ट्रिय अनुसंधानका प्रमुख मुकुन्द खडका , गौर नगरपालिकाका वडाध्यक्षहरु भरत साह, राकेश झा , श्यामसुन्दर पटेल , भुनेश्वर कुमार शाही , रामस्वार्थ राय यादव , राजेश सिहं सहित नागरिक समाजका अगुवा, भरभलादमी , संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News