२०७७ माघ २७, मंगलवार ११:५२

२१ मार्चको बिहान यस्तै एउटा क्षुद्रग्रह पृथ्वीको नजिक आउन  गइरहेको छ। यसलाई लिएर संसारभरीका ‘स्पेस एजेन्सी’ सजग भएका छन्। यस क्षुद्रग्रहको पहिचान  २३१९३७ (2001FO32) का रूपमा गरिएको छ। अमेरिकी अंतरिक्ष एजेंसी नासाका अनुसार यो क्षुद्रग्रह १०२४ मीटर  चौड़ा रहेको छ। र, यो खगोलीय पिण्ड  ३४ दशमलब ४ किमी प्रति घंटाको गतिले अघि बढी रहेको छ।  यो क्षुद्रग्रह जति जति पृथ्वीको नजीक आउँदै जान्छ, यसको गतिमा तीव्रता आउदै जान्छ।

नासाले गराएको जानकारी  अनुसार २१ मार्चका दिन यो क्षुद्रग्रह २००१ FO ३२ पृथ्वी र चन्द्रमाको दूरीको झण्डै ५ गुना बढी दूरी अर्थात झण्डै २० लाख किमी परसम्म आई अगाडि बढ्नेछ। नासाका अनुसार यो पृथ्वीमा खस्ने सम्भावना छैन तर यो निश्चय पनि खतरनाक श्रेणीको क्षुद्रग्रहमा पर्छ। यस क्षुद्रग्रहको खोज सन २००१  को २३ मार्चका दिन भएको थियो। नासाले यसलाई अपोलो श्रेणीको क्षुद्रग्रह ग्रुपमा राखेको छ।

Comment

Related News

Latest News

Trending News