अपडेट 
२०७७ माघ २७, मंगलवार १५:४२

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमा सञ्चालन गर्ने भएको छ ।

कोभिड–१९ को कारणले रोकिएको पढाइ फागुन अन्तिम सातादेखि शुरु गर्ने भएको त्रिविका शिक्षाध्यक्ष (रजिष्ट्रार) प्रा डा पेशल दाहालले जानकारी दिनुभयो । उहाँले कोभिड–१९ सामान्य भइसकेकाले भौतिक रुपमा विद्यार्थी उपस्थिति गरेर कक्षा सञ्चालन गर्न थालिएको बताउनुभयो । कोभिड–१९ पछि त्रिविले भर्चुअल विधिबाट कक्षा सञ्चालन गर्दै आइरहेको थियो । त्रिविले कोभिड–१९ को कारणले यस वर्ष तीन महिनापछि मात्र कक्षा सञ्चालन गर्न थालेको हो । उहाँका अनुसार केही क्याम्पसले स्थानीय तहको स्वीकृत लिएर पहिल्यैदेखि नै पठनपाठन शुरु गरिसकेका छन् । कोभिड–१९ को कारणले गत चैतदेखि स्थगित भएको त्रिविको परीक्षा यही मंसिरदेखि सञ्चालन भएको थियो ।

त्रिवि अन्तर्गत देशभरि एक हजार एक सय २४ क्याम्पस रहेका छन् ।

Comment


Related News

Latest News

Trending News