अपडेट 
२०७७ माघ २८, बुधबार ०७:१२

जनता समाजबादी पार्टी, नेपालका नेता अनिल कुमार झाले विघटित प्रतिनिधि सभा बारे सर्बोच्च अदालतको पैसला जसपाले स्वीकार गर्ने बताएका छन् ।

जसपा पर्साद्वारा मंगलबार बीरगंजमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सांसद झा ले प्रतिनिधि सभा विघटन असंबैधानिक भएकोले जसपा आन्दोलनमा रहेको बताए । तर पार्टी निर्वाचनबाट नडराएको बताउदै सर्बोच्च अदालतको पैmसला जसपाले स्वीकार गरिअगाडी बढ्ने बताए । कार्यकर्ताको बिचार सुन्दै नेता झाले पार्टी एकीकरण भए पनि नेता र कार्यकर्ताको मन नमिलेको बताउदै उदेश्य पुर्तीका लागि जसपाका सम्पुर्ण नेता कार्यकर्ता समायोजनमा इमानदार हुनु पर्ने बताउदैएकीकरण भएर बन्ने जुनसुकै संगठनमा कठीनाई आउने स्वभविक भएको बताउदै समयक्रममा सबै बिषय मिल्दै जाने बताए ।

जसपापर्साका अध्यक्ष जगदिश पटेलको अध्यक्षतामा आयोजित सो भेटघाट कार्यक्रममा जसपाका केन्द्रिय सदस्यहरु शिव पटेल, सुरेन्द्र कुर्मी, रामचन्द्र पण्डित, नेजामुद्दिन शमानी, पपु पटेल, संजय पान्डेय, मुन्नी श्रीवास्तव, उषा श्रीवास्तव,रम्भा मिश्र, जिल्ला का बरिस्ठ नेता कृष्ण पटेल, जिल्ला सचिव श्रीरामजी गिरि, नगर अध्यक्षद्वय ओमप्रकाश सर्राफ, कृष्ण यादव लगायातका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News