अपडेट 
२०७७ माघ २८, बुधबार ०८:३०

गहुँको मौसममा नहरमा पानी नदिँदा किसानलाई हिउँदे बाली लगाउन समस्या भएको छ ।

सप्तरीको चन्द्र र कोसी पश्चिमी नहरमा पानी नछोड्दा किसानलाई बालीमा लगाउन समस्या भएको हो । खेतमा लगाएको गहुँबाली पानी अभावले डढ्दै गएको छ । यस वर्ष हिउँदे वर्षा नभएकाले गहुँ खेतीमा पानी लगाउन नपाएर किसान पीडित भएका छन् । नेपाल र भारत दुवैतर्फको किसानलाई सिँचाइमा सुविधा पु-याउने उद्देश्यले कोसी ब्यारेजबाट पूर्वी र पश्चिमी कोसी गरी दुईवटा नहर छन् । भारततर्फ जाने पूर्वी नहरमा पानी छोडिएको छ र नेपालतर्फ रहेको पश्चिमी नहरमा पानी नछोडिएको कारण सप्तरीका किसानलाई मार्का परेको हो ।ब्यारेजदेखि सप्तरीको डाक्नेश्वरी नगरपालिका– ६, कटैयासम्मको ३२ किलोमिटर नेपाली भूमि हुँदै यो नहर भारत छिरेको छ । नेपालतर्फको ३२ किलोमिटरको यो भूमिमा सयौँ किसानले हजारौँ बिघा जग्गामा अन्नबाली लगाउने गर्छन् । योसँग जोडिएका १२ वटा छोटी नहर पनि छन् । छोटी नहरमार्फत केही टाढाका किसान पनि सिँचाइबाट लाभान्वित हुने गर्छन् ।

पूर्वी नहरमा हालिएको पानीबाट नेपालीलाई कुनै फाइदा छैन । यो नहर झन्डै एक किलोमिटर नेपाली भूमिमा छ भने बाँकी सबै भारतीय भूमिमा छ । नेपालको एक किलोमिटर क्षेत्रमा खेतीयोग्य जमिन नै छैन । यो नहरको पानीले भारतीय किसानले मात्रै सिँचाइ गर्ने गर्छन् ।भारतले कोसी पश्चिमी नहरमा पानी नछाड्दा सिँचाइ गर्न समस्या भएको डाक्नेश्वरी नगरपालिका– ४ का किसान चन्दन साहले बताउनुभयो । प्रत्येक वर्ष यही नहरबाट गहुँ बालीमा पानी हाल्दै आएको तर यस वर्ष पानी नदिँदा समस्या भएको उनले बताए ।

Comment


Related News

Latest News

Trending News