२०७७ माघ २८, बुधबार ०८:३५

संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा ( दाहाल- नेपाल) समूहले आज काठमाडौंमा विरोधसभा गर्दैछ ।

नेकपाको प्रचण्ड–नेपाल समूहले तेस्रो चरणको आन्दोलन अन्तरर्गत बुधबार काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेको हो । गत माघ ९ गते काठमाडौंमा शक्ति प्रदर्शनको रुपमा आमसभा गरेको सो समूहले आज पनि शक्ति प्रदर्शन गर्न लागेको हो। यसको तयारीका लागि यो समूहले यसकै पूर्वसन्ध्यामा सभा व्यवस्थापनका लागि खटिने स्वयंसेवकले मार्चपास गरेको थियो।

विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निस्किने छन् । ती जुलुसको शीर्ष नेताहरुले नेतृत्व गर्ने जनाइएकाे छ । मुख्य र्‍याली भने सुन्धाराबाट सुरु हुनेछ । भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने जुलुसको नेतृत्व गर्न दाहाल -नेपालले गर्नेछन् ।

Comment


Related News