अपडेट 
२०७७ माघ २८, बुधबार १३:५४

मङ्गल ग्रहमा यान पठाउने संयुक्त अरब एमिरेट्स यूएईको अभियान सफल भएको छ ।

पृथ्वीबाट झण्डै ५० करोड किलोमिटर यात्रा गरेको यूएईको यान अन्ततः मङ्गल ग्रहको गुरुत्वाकर्षण क्षेत्रमा प्रवेश गरेको छ ।

होप अर्थात विश्वास नामक अभियान अन्तर्गत यानले मङ्गल ग्रहको मौसमको प्रवृत्तिबारे विवरणहरू संकलन गर्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । यो अभियानको उपग्रह जापानबाट छोडिएको थियो । उपग्रहलाई तनेगासिमा अन्तरिक्ष केन्द्रबाट एच–२–ए नामक रकेटको माध्यमबाट अन्तरिक्षमा पठाइएको थियो । यो अभियान सफल भएसँगै यूएई मंगल ग्रहमा यान पठाउने विश्वकै पाँचौं देश र पहिलो अरबीयन देश बन्न पुगेको छ ।

Comment


Related News

Latest News

Trending News