अपडेट 
२०७७ माघ २९, बिहीबार ०७:५६

मलगंवा । अन्नपुर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालले उखु किसानको बाँकी रहेको भुक्तानी गरेको छ ।

उखु किसानको भुक्तानी नगरेको आरोपमा माघ १४ गते काठमाण्डुबाट सञ्चालक अग्रवाल पक्राउ परेपछि सर्लाहीका उखु किसानको बाँकी रहेको रुपैयाँ भुक्तानी गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । काठमाण्डुस्थित निवासबाट आग्रवाल पक्राउ परेपछि अन्नपुर्ण चिनी उद्योगले उखु किसानको बाँकी रहेको ४ करोड ३६ लाख रकम भुक्तानी गरेको पौडेलले बताए । पौडेलका अनुसार चिनी उद्योगले बुधबार २ करोड ३२ लाख रुपैया किसानलाई भुक्तानी गरेको छ । उखु किसानको १७ करोड ७ लाख १६ हजार ८५ रुपैंयाँ ५६ पैसा मध्ये किसानलाई १२ करोड ६३ लाख ७२ हजार १ सय ९८ रुपैंयाँ भुक्तानी यसअघि गरेको थियो । बाँकी रहेको भुक्तानी गर्न आलटाल गरेको आरोपमा पक्राउ परेपछि अग्रवालले बुधबार सम्पुर्ण रकम भुक्तानी गरिसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक संतोष सिंह राठोरले बताए । प्रहरी उपरीक्षक राठोरका अनुसार प्रहरी हिरासतमा चिनी उद्योग सञ्चालक अग्रवल आएपछि मंगलबार २ करोड १० लाख ६३ हजार ८ सय १५ र बुधबार २ करोड ३२ लाख ८० हजार ७१ रुपैंया बाँकी वक्यौता किसानको खातामा जम्मा गरेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीको नियन्त्रणमा रहेको अग्रवालले बाँकी रहेको भुक्तानी चुक्ता गरेपनि प्रहरी हिरासतमा राखिने प्रहरी उपरीक्षक राठोरले बताए ।

जिल्ला अदालतले उद्योगपति अग्रवाललाई हिरासत मुक्त गर्न आदेश दिएपछि प्रहरीले भने नवलपरासी प्रहरीको जिम्मा लगाउने छ । नवलपरासीका उखु किसानलाई पनि अग्रवालले ४ करोड ७० लाख रुपैयाँ तिर्न बाँकी छ । सर्लाहीका किसानको भुक्तानी गरेपछि अग्रवालको खातामा चार करोड ३७ लाख रुपैयाँ बाँकी छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले अग्रवाल विरुद्ध ठगी, अपराधिक विश्वासघात र अपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्धा चलाएको थियो ।

Comment


Related News

Latest News

Trending News