अपडेट 
२०७७ माघ २९, बिहीबार ०८:१८

बिहानैदेखि लाइन लाग्दा पनि काम नभएको भन्दै राजविराजस्थित मालपोत कार्यालयमा बुधबार सेवाग्राहीले हो–हल्ला गरेपछि अनिश्चितकालका लागि कार्यालय बन्द गरिएको छ ।

कर्मचारी अभावका कारण आधा जसो सेवाग्राही कामै नगराईकन फर्किनु पर्ने आवस्था आएपछि बुधबार सेवाग्राहीले कार्यालयमा हो–हल्ला गरेका थिए । काम नभएको गुनासो लिएर कार्यालय भित्र छिरेका सेवाग्राही तथा कर्मचारीकाबीच सामान्य घम्साघम्सी समेत परेको थियो । सुरक्षा कायम गर्नका लागि ्रहरीले हो–हल्लामा सहभागि पाँच जनालाई नियन्त्रणमा लिएको डिएसपी भुवनेशवर साहले बताए । कर्मचारीको अभावले गर्दा दिनहुँ सेवाग्राहीको चाप बढेको तथा काम गर्ने वातावरण समेत नभएको भन्दै निमित्त कार्यालय प्रमुख प्रमोद कुमार यादवले अर्को सूचना नहुन्जेलका लागि कार्यालयको कामकाज बन्द रहने सूचना जारि गरेका छन् ।

डिएसपी साहले कार्यालयको सुरक्षा दिन प्रहरी तत्पर रहेको बताउँदै कर्मचारी अभावको समस्या समाधान गर्न सम्बन्धीत निकायले पहल गर्नुपर्ने जनाएका छन् ।

Comment


Related News

Latest News

Trending News