अपडेट 
२०७७ माघ ३०, शुक्रबार ०८:३३

जनता समाजवादी पार्टीका नेता शरत सिंह भण्डारीले आन्दोलनको विकल्प नरहेको बताएका छन् ।

मधेशी युवाहरुले पटक–पटक आन्दोलन गरे, बलिदानी दिए तर आन्दोलन पूर्ण नभएको उनको भनाई थियो । श्री रामजानकी युवा कमिटीको नव निर्वाचित पदाधिकारीहरुको पदभार तथा सपत ग्रहण कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व रक्षामन्त्री समेत रहेका भण्डारीले जनताले दुई तिहाईको सरकार बनाउनकालागि नेकपालाई दियो तर, नेकपा असक्षम सावित भएको आरोप लगाएका थिए । उनले जनताको भावना अनुरुप नेकपा कहिल्लै काम गर्न नसक्ने भएकाले नेपालमा जसपाको विकल्प नरहेको उनको भनाई थियो । अवको राजनीति नयाँ पुस्तालाई पुस्तान्तरण गर्नुपर्ने समय आएको बताउँदै भण्डारीले एउटै अनुहार र मान्छेले युगान्तकारी परिवर्तन आउन नसक्ने टिप्पणी गरेका थिए । उनले वर्तमान समयको विश्लेषण गर्नुपर्ने समय रहेको बताउँदै उनले मधेशका जनतामाथि गरेको दमन, शोषण जसपालाई स्वीकार्य नरहेको बताएका थिए ।

वर्तमान सरकार आफ्नो प्रसंसा मात्रै सुन्ने तर आलोचना गर्नेमाथि प्रतिवन्ध लगाउँने खाले कानुन ल्याए त्यस्ता सरकारलाई निरंकुश शासकको रुपमा चिन्हिन्छ र वर्तमान सरकारका नेतृत्वकर्ता निरंकुश नै रहेको आरोप लगाएका थिए । उनले समाजिक सञ्जाल लगायतमाथि सरकार प्रतिवन्ध लगाउने हिसावको कानुन ल्याई रहेको भन्दै वर्तमान सरकारको आलोचना समेत गरेका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै जनकपुरधाम उप–महानगरपालिकाका मेयर विशिष्ठ अतिथि लाल किशोर साहले मधेश, पहाड र हिमाललाई भावनात्मक रुपमा जोडन् जसपा महत्वपूर्ण भूमिका निर्वाह गरि रहेको बताए । उनले पार्टीका वरिष्ठ नेता शरत सिंह भण्डारीले यसको अगुवाई गरि रहेको जानकारी समेत गराएका थिए । उनले हिमाल, पहाड र मधेशलाई मिलाएर आन्दोलनको थालनि गरि रहेको बताएका थिए । जनकपुरधाममा प्रजातन्त्र आएपछि यहाँका केहि ठूला नेताहरुले त्यसलाई निरुत्साहित गर्ने हिसावले कार्य गरेपनि जनकपुरधामको एउटा सानो कार्यक्रममा पनि आफ्नो महत्वपूर्ण समय दिएको प्रति उनले भण्डारी प्रति अभार समेत व्यक्त गरेका थिए ।

उनले मधेशी जनताको हक अधिकारकालागि रक्षामन्त्री जस्तो मन्त्रालयलाई समान्य रुपमा परित्याग गरेको स्मरण गराउँदै उनले भने–‘जो मधेशी महिला १०० किलोको बोझ उठाउन सक्छ जो मधेशी पुरुष १०० किलोको बोरा उठाउँन सक्छ उसको छोरा ७ किलोको बन्दुक उठाउन सक्छ भने भण्डारी जीले बोलेर होइन गरेर हेराए ।’ उनले जनकपुरधाम यस प्रदेशको राजधानीकोलागि उपयुक्त रहेको र छिटो भन्दा छिटो जनकपुरधामलाई स्थायी राजधानी घोषणा होस भने जनकपुरधामबासीको इच्छा रहेको बताएका थिए ।

Comment


Related News

Latest News

Trending News