अपडेट 
२०७७ माघ ३०, शुक्रबार १७:४३

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्रलाई असार महिनाबाट सुरू गर्ने तयारी गरेको छ ।

यसका लागि शिक्षा नियमावली संसोधन गरेर बजेटमा छाप्न पठाइ सकिएको छ । अबको एक हप्तापछि संसोधित नियमावली छापिएर आएपछि कोरोना जस्ता महामारीमा नेपाल सरकारले शैक्षिक सत्रलाई कसरी र कहिलेबाट सुरू गर्ने भन्ने कुराको उल्लेख हुनेछ । शिक्षा मन्त्रालयले शैक्षिक सत्रलाई आगामी असारबाट सुरू गर्ने तयारी गरेसँगै यो वर्षको शैक्षिक सत्र लम्बिने छ । कोभिड–१९ का कारण अस्तव्यस्त बनेको शिक्षा क्षेत्रले कोरोना संक्रमण न्यून भएसँगै पुरानै लय समात्ने मन्त्रालयको विश्वास छ । सरकारले आगामी असारबाट नयाँ शैक्षिक सत्र सुरू गरे यस वर्षको एसईई परीक्षा आगमी जेठ महिनामा हुने राष्ट्रिय परीक्षा बोर्डका (माध्यामिक शिक्षा) परीक्षा नियन्त्रक रामराज खकुरेलले बताए ।

Comment


Related News

Latest News

Trending News