अपडेट 
२०७७ माघ ३०, शुक्रबार १८:१७

धनुषा प्रहरीले विभिन्न मुद्याका आरोपीहरु सार्वजनीक गरेको छ ।

धनुषाको महेन्द्रनगरस्थित क्षीरेश्वर डिष्टिलरीका सञ्चालक प्रमोद रेग्मीको हत्यामा उनको आफ्नै सालो संलग्न रहेको रहस्योदघाटन भएको छ । शेयरको विवादमा आफ्नो भिनाजुको हत्या गरेको आरोपमा पक्राउ परेका सालोलाई प्रहरीले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर–७ दुर्गा टोल बस्ने ३५ वर्षीय निरज खाती रहेको छ। गत माघ १३ गते राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ७ स्थित रहेको क्षिरेश्वर डिष्टिलरीका सञ्चालक उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ७ का ५४ वर्षीय प्रमोद रेग्मी आफु सुत्ने कोठामा मृत फेला परेका थिए । २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले अनुसन्धान गर्दा आफ्नो सहोदर सालोले हत्या गरेको खुलेको प्रहरी उपरीक्षक रानाभाटले बताए ।खातीले शेयर लगानी सम्बन्धि विषयमा रिसीबी राखि आफ्नो भिनाजुलाई अत्यधिक मदिरा सेवन गराई बाँसको लाठीले टाउकोमा प्रहार गरी हत्या गरेको रानाभाटले बताए ।

त्यसैगरि धनुषामा आफ्नो कोठामा बोलाई पैसा लिएर जबर्जस्ती करणी गराउने महिला सहित युवक पक्राउ परेका छन् । जिल्लाको लक्ष्मीनिया गाउँपालिकास्थित डेरा लिएर बस्दै आएकी मुस्कान खातुनले घरबेटीका १३ वर्षीया छोरीलाई विभिन्न प्रलोभन दिई शम्भु भन्ने ओम नारायण यादवबाट आफ्नै कोठामा बोलाई पटक पटक जबर्जस्ती करणी गराएपछि बालिका गर्भवती भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । प्रहरीलाई दिएको बयान अनुसार खातुनले बालिकालाई आफ्नै कोठामा सुताउने गरेकोमा असार महिना देखि कार्तिक महिनासम्म यादवसँग पैसा लिएर जबर्जस्ती करणी गराएका थिए । सोही क्रममा बालिका गर्भवती भएको प्रहरी उपरिक्षक रानाभाटले बताए ।बालिका गर्भवती भएपछि परिवारजनले प्रहरीमा उजुरी दिएका थिए । दुबैजनालाई बिहीबार लक्ष्मीनिया गाउँपालिका वडा नं. ४ स्थित बाटोबाट नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक रानाभाटले बताए ।

यस्तै प्रहरीले माघ १ गते देखि ३० गते सम्ममा विभिनन ठाउबाट चोरी निकासी गरि लग्ने क्रममा २८ लाख २१ हजार ८ सय वरावरको समानहरु नियन्त्रणमा लिइएको समेत जानकारि दिइएको छ ।

Comment


Related News

Latest News

Trending News