२०७७ फाल्गुन १, शनिबार ०७:५७

भारतको राजधानी नयाँ दिल्लीलगायत क्षेत्रमा शक्तिशाली भूकम्पको झट्का महसुस गरिएको छ ।

शुक्रबार राति १० बजेर ३० मिनेटमा भूकम्पको झट्का महसुस गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।रातिको समय भूकम्प गएपछि स्थानीयको भागाभाग भएको थियो। घरबाट बाहिर निस्किएका थिए। तर अहिलेसम्म कुनै किसिमको क्षतिको खबर आएको छैन।भारतको नेसनल सेन्टर फर सिस्मोलजी (एनसीएस) का अनुसार ताजकिस्तान केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पकाे धक्का नयाँ दिल्लीसहित उत्तर भारतका पन्जाब, जम्मु (कस्मिर), हरियाणा, राजस्थान क्षेत्रमा महसुस गरिएको हो।

Comment

Related News

Latest News

Trending News