अपडेट 
२०७७ फाल्गुन १, शनिबार १६:३८

नेपालमा शनिबार थप ५७ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमिको संख्या २ लाख ७२ हजार ६१४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै शनिबार थप १३३ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा २ लाख ६८ हजार ९२९ जनाले कोरोना जितेका छन् । गत २४ घण्टामा कोरानाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म २ हजार ५४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

नेपालमाा हाल १६ सय ३१ जना आइशोलेशनमा र ८१ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २१ लाख १३ हजार ५४९ वटा पिसिआर गरिएको छ ।

Comment


Related News

Latest News

Trending News