अपडेट 
२०७७ फाल्गुन १, शनिबार १६:४५

प्रदेश नं २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले समय र परिस्थित अनुसार परिवर्तन हुनु आवश्यक रहेको वताएका छन ।

नेपाल अडिटर्स एसोसिएसन प्रदेश २ को पाचौ प्रदेश परिषदमा शनिवार सम्वोधन गर्दै मन्त्री यादवले अन्तराष्ट्रीय परिपेक्षमा प्रतिस्पर्धा गर्नका लागि समय र परिस्थती अनुसार परिवर्तन हुनु आवश्यक रहेको वताए । उनले पहिले आइटीको प्रयोग नभएको समयमा काम गरेका अडिटर्सहरुले अहिलेको परिस्थितीमा पनि विशेष प्याकेजको व्यवस्था ल्याएर काम गर्दै उदाहरणीय रहेको वताए ।

प्रदेश २ सरकारका प्रवक्ता समेत रहेका मन्त्री यादवले लेखापरिक्षणमा पहिले हुदै आएको गैर प्रतिस्पर्धाहरुलाई चिर्नका लागि संघले प्रावधान ल्याएर एकतावद्धरुपमा हिडेको कुरालाई प्रशंसा गर्दै संंस्थाको यस किसीमको एकतावद्ध सोचसंग अरु संघ संस्थाले पनि सिक्नुपर्ने वताए ।
कार्यक्रममा अडिटर्स एसोसिएसनका प्रदेश अध्यक्ष शोभाकान्त झाले संस्थाले देखाएको एकताको परिभाषालाई कायम राख्ने प्रतिवद्धता जनाउदै संस्थाको हितका लागि प्रदेश सरकारले पनि सहयोग गर्नुपर्ने आवश्यकता रहेको वताएका थिए ।

संस्थाका प्रदेश अध्यक्ष झाको अध्यक्षतामा भएको कार्यक्रममा जनकपुरधाम उपमाहानगरपालिकाका मेयर लालकिशोर साह,उपमेयर रिता कुमारी मिश्र,संस्थाका केन्द्रिय अध्यक्ष मोहनराज रेग्मी,केन्द्रिय सदस्यहरु केदार पौडेल,डोल प्रसाद उपाध्याय लगायत प्रदेशका आठवटै जिल्लाका प्रतिनिधीहरुको उपस्थ्तिी रहेको थियो ।

Comment


Related News

Latest News

Trending News