अपडेट 
२०७७ फाल्गुन २, आईतवार ०७:१९

विश्वभरमा आठ करोड ११ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । आइतबार बिहानसम्ममा आठ करोड ११ लाख आठ हजार दुई सय ४८ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा १० करोड ९० लाख ८१ हजार एक सय ८१ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २४ लाख तीन हजार सात सय ७८ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड ५४ लाख १८ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म दुई करोड ८१ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक करोड ८१ लाख ४२ हजारभन्दा बढी निको भएका छन् भने चार लाख ९५ हजार सात सय ९४ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड नौं लाख चार हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड ६ लाख नौं हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ५५ हजार ६ सय ७३ जना पुगेको छ। नेपालमा हालसम्म दुई लाख ७२ हजार ६ सय १४ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ६८ हजार नौं सय २९ जना निको भएका छन् । यहाँ कोरोनाबाट दुई हजार ५४ जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News