अपडेट 
२०७७ फाल्गुन २, आईतवार ०७:४८

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अहिलेसम्मकै सबैभन्दा बढी भ्रष्ट रहेको आरोप लगाएका छन् ।

शनिबार क्षेत्र नम्बर २ सर्लाहीमा आयोजित विशाल आमसभा एवं पार्टी प्रवेश कार्यक्रममा बोल्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका निधिले प्रधानमन्त्री ओली नेतृत्वको सरकार अहिलेसम्मकै सबैभन्दा भ्रष्ट रहेको आरोप लगाए । उनले ओलीले संसद विघटन गरेर मुलुकलाई दुर्घटनातर्फ धकेलेको जिकिर गरे । संसद विघटन सम्बन्धि असंबैधानिक, अलोकतान्त्रिक एवं अधिनायकवादी कदम विरूद्ध सम्पूर्ण नेपाली जनतालाई एकजुट हुन नेता निधिले आग्रह गरे । उनले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर जनताको जनादेश एवं मतदाताको मतको अपमान गरेको आरोप लगाए ।

उनले भने,‘वर्तमान परिस्थितिको समाधान प्रतिनिधिसभा छ । त्यसैले संसद पुर्नस्थापना र निर्वाचनकै माध्यमले प्रतिनिधिसभाको स्थापना गर्नु दुबै विकल्पका लागि नेपाली काँग्रेस तयार हुनुपर्छ ।’ संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयन नै नेपाली काँग्रेसको मुख्य एजेण्डा रहेको निधिले बताए । क्षेत्रिय सभापति रुपेश यादवको अध्यक्षतामा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य रामकृष्ण यादवले संसद विघटन विरुद्धको लडाईमा नेकपाका अर्का समूह दाहाल–नेपाल समूहसँग हातेमालो नगर्न पार्टी नेतृत्वसँग आग्रह गरे । उनले भने,‘प्रचण्ड पनि धोकेबाज नै रहेकोले उनीसँग पनि सहकार्य नगरौं । बरु हामी एक्लै अगाडी बढौं ।’ कार्यक्रममा अन्य पार्टी परित्याग गरि करिव ४ सयको संख्यामा नेता कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

Comment


Related News

Latest News

Trending News