अपडेट 
२०७७ फाल्गुन २, आईतवार १०:३३

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले भोलि (सोमबार) देशैभर विरोध प्रदर्शन गर्ने भएको छ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रनिनिधिसभा विघटन गरेपछि कांग्रेसले पनि विरोध प्रदर्शन गर्दै आएको छ । यद्यपि, पार्टीभित्र वैचारिक मतैक्यता नहुँदा कांग्रेसको प्रदर्शन त्यत्ति प्रभावकारी हुन भने सकेको छैन । कतिपयले त संसद विघटनविरुद्ध कांग्रेसको प्रदर्शन देखावटी मात्र भएको टिकप्पणी गर्ने गरेका छन् । सोमबार ७७ वटै जिल्लामा हुने विरोध प्रदर्शन तथा सभामा कांग्रेसले केन्द्रबाट प्रतिनिधि खटाएको छ ।

विरोध सभालाई सभापति शेरबहादुर देउवाले बुटवलमा सम्बोधन गर्नेछन् । विभिन्न सार्वजनिक कार्यक्रममार्फत् प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भनेर देउवाले अभिव्यक्ति दिएपनि मध्यावधि निर्वाचनको भने मौन समर्थन गरेका छन् ।

Comment


Related News

Latest News

Trending News