अपडेट 
२०७७ फाल्गुन २, आईतवार १६:४४

नेपालमा आइतबार थप १०४ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ७१८ पुगेको छ । त्यस्तै थप १३१ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा दुई लाख ६९ हजार ६० जनाले कोरोना जितेका छन् । कोरोनाका कारण गत २४ घण्टामा कसैको पनि ज्यान नगएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालस्म्म कोरोनाका कारण दुई हजार ५४ जनाको ज्यान गएको छ । हाल नेपालमा १६०४ जना आइशोलेशनमा र ७९ जना क्वारेन्टाईनमा छन् ।

हालसम्म नेपालमा २१ लाख १७ हजार ५० वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News