अपडेट 
२०७७ फाल्गुन ३, सोमबार ०७:५५

कलैया । बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनालाई किर्ते हस्ताक्षरको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

माइन्यूटमा किर्ते हस्ताक्षर गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनालई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए । असारमा सम्पन्न नगरसभाको माइन्यूटमा किर्ते हस्ताक्षर गरी पास गरेको उजुरीको आधारमा प्रहरीले प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवाल, योजना शाखाका जितेन्द्र यादव र लेखा अधिकृत सर्वेन्द्र चौधरीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मिश्रले बताए । प्रहरी नायब उपरीक्षक मिश्रले किर्ते जालसाजी मुद्दाको आरोपमा योजना शाखाका जितेन्द्र यादव र लेखा अधिकृत चौधरीलाई अनुसन्धानका लागि शुक्रबार पक्राउ गरिएको र अधिकृत जयसवाल जिल्ला प्रहरी कार्यालयमा आफै उपस्थित भएका थिए । यादव र चौधरीलाई पक्राउ गरिएको र उनीहरूको बयानका आधारमा प्रमुख प्रशासकीय अधिकृत जयसवाललाई पनि हाजिर गराइएको मिश्रले बताए ।

पक्राउ परेकाहरूलाई नियन्त्रणमा राखी मुद्दाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नगर सभा सम्पन्न भएपश्चात उपमेयर रिमा देवीसहितका नगर कार्यपालिका बोर्डका १७ जनाले मेयर विजयशंकर यादवसहित नगरपालिकाका कर्मचारी विरुद्ध जिल्ला अदालतमा उजुरी दिएका थिए । मेयर यादवविरुद्ध पनि मुद्दा रहेकोले उनी गत साता नै अदालतमा हाजिर भइ १५ दिने म्यादको तारिखमा लिएका छन । उपमेयर देवीले आफूसहित कार्यपालिका बोर्डको सदस्यहरूको हस्ताक्षर किर्ते गरी नगर सभा सम्पन्न गरी, नगर सभाबाट पारित योजनाहरू कार्यान्वयनमा ल्याउन खोज्दा थाहा भएपछि उजुरी गरेको बताए ।

Comment


Related News

Latest News

Trending News