अपडेट 
२०७७ फाल्गुन ३, सोमबार ०८:०४

प्रदेश २ सरकार गठन भएको सोमबार तीन वर्ष पूरा भएको छ ।

फरक कानुन र संघीय सरकारलाई चुनौती दिदै चर्चामा रहदै आएका प्रदेश सरकारले उल्लेख्य काम गर्न सकेको छैन् । सरकारले ल्याएको कानुन व्यवहारमा आउन नसक्दा नागरिकले प्रदेश सरकारको अनुभूति गर्न सकेको छैन् । केही दिन अघि मात्रै निजामती कर्मचारी ऐन ल्याएर प्रदेश सरकारले संघीय सरकारलाई काउण्टर गरेको छ । यसअघि प्रहरी ऐन ल्याएर प्रदेश २ सरकारले चर्चा पाएको थियो । प्रहरी ऐन पारित भएपनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन् । प्रदेश २ सरकारले हालसम्म ४२ वटा ऐन, कानुन पारित गराउन सफल भएका छन् । जसमा ४० वटा कानुन प्रदेश प्रमुखबाट प्रमाणीकरण समेत भइसकेको छ । २०७४ फागुन ३ गते लालबाबु राउतले मुख्यमन्त्रीको शपथ ग्रहण गरेका थिए । उनीसँगै भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्र सोनल र आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले शपथ लिएका थिए ।

मुख्यमन्त्री राउतले शपथ लिदै पाँच ‘स’ (शिक्षा, स्वास्थ्य, सडक, सिचाई र सुशासन) लाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका थिए । तीन वर्ष पूरा भएको अवसर पारेर प्रदेश सरकारले सोमबार पत्रकार सम्मेलनमार्पmत उपलब्धी सार्वजनिक गर्ने भएको छ । प्रदेश सरकारले चलाएको बेटी पढाउ, बेटी बचाउ अभियानले चौतर्फी चर्चा पायो । प्रदेश सरकारले सो अवधिमा दुई पूर्ण र एक अल्पकालीन बजेट ल्याएका छन् । तर, तीनै बजेटमा खर्च प्रतिशत ५० प्रतिशत कटाउन सकेको छैन् । सरकारले बजेटमा महात्वाकांक्षी योजनाहरु समावेश गरेपनि कार्यान्वयनमा ल्याउन सकेको छैन् ।

Comment


Related News

Latest News

Trending News