अपडेट 
२०७७ फाल्गुन ३, सोमबार ०८:१४

गौर । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ४ गढ़वामा गठन गरिएको खानेपानी टयांकीको सञ्चालन समितिको प्रति वड़ाका युवाहरुले आपत्ति जनाउँदै चयन गरिएको अध्यक्षलाई हटाउन मांग गर्दै गौर नगरपालिका तथा जिल्ला प्रशासन कार्यालयमा सामूहिक रुपमा ज्ञापन पत्र बुझाएका छन् ।

शुद्ध खानेपानीको लागि खानेपानी तथा सरसफाई आयोजना द्वारा बनाइएको ओभरहेड टयांकी सञ्चालन गर्न बनाइएको सञ्चालन समिति गोप्य रुपमा गठन गरिएको भनी स्थानियहरुले विरोध जनाउँदै खारेजको मांग गरेका हुन् । संचालन समिति सार्वजनिक रुपमा भेला गराएर गठन गर्नु पर्ने वड़ाध्यक्ष भुनेश्वर शाहीले गोप्य रुपमा आफ्नो नजिकका व्यक्तिलाई अध्यक्ष बनाएको स्थानीय युवा संतोष यादवले आरोप लगाए । समितिको अध्यक्षमा मुकेश पटेल रहेका छन् । युवाहरु द्वारा बुझाइएको ज्ञापन पत्रमा वड़ाका राजनितिक दलका प्रतिनिधि ,नागरिक अगुवा , बुद्धिजीवी ,भर भलादमीलाइ भेला गरेर समिति गठन गर्नु पर्ने उल्लेख गरिएको छ । समय समस्या समाधान भएन भने संघर्षमा जाने ज्ञापन पत्र मार्फत चेतावनी दिइएको छ ।

Comment


Related News

Latest News

Trending News