अपडेट 
२०७७ फाल्गुन ३, सोमबार १५:३७

वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरस्थित श्री नेपाल राष्ट्रीय विद्यापीठ माध्यमिक विद्यालय श्रीपुर मुर्लीमा रहेको भवनमा तल्ल थप्ने कार्य सुरु भएको छ ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद्) प्रदीप यादवले सोमबार एक कार्यक्रम बीच शिलन्यास गरेपछि भवन निर्माणको कार्य सुरु भएको हो । भवन निर्माणका लागि सांसद् यादवले आफ्नो संसदीय विकास कोषबाट २५ लाख रुपैयाँ दिएका छन् । उनले दिएको रकमबाट विद्यालयमा रहेको भवनमाथि ४ वटा कक्षाकोठा निर्माण गरिने छ । शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका संसद् यादवले शिक्षा क्षेत्रको विकास भएमात्र देशको विकास सम्भव भएको बताए । उनले शिक्षा क्षेत्रको विकास नभएसम्म अन्य क्षेत्रको विकासको कुनै मतलब नभएको तर्क गरे । ‘हामीले सडक बनायौं, पूल बनायौं, ठूलाठूला भवन बनायौं तर समाजका व्यक्ति अशिक्षित छन् भने त्यो सम्पूर्ण विकासको कुनै फाईदा हुँदैन ।’ सांसद् यादवले श्रीपुर विद्यापीठलाई देशकै नमुना विधालयको रुपमा स्थापीत गर्न सबैको सहयोग आवश्यक रहेको बताए । विद्यालयको पूर्वाधार विकाससँगसँगै शिक्षाको सतरमा समेत सुधार ल्याउँन उनले शिक्षकहरुसँग आग्रह गरेका थिए ।

उनले सामूदायिक विद्यालयबाट अध्ययन गरेका विद्यार्थीहरु आज देश-विदेशमा राम्रा-राम्रा कार्य गरिरहेको उदाहरण टन्नै रहेको बताउँदै शिक्षाको सतरमा सुधार ल्याए सामूदायिक विद्यालयका विद्यार्थीहरुले सबैलाई उच्छिन्ने दावीसमेत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष अशोक टेमानीको सभापतित्वमा भएको कार्यक्रममा पूर्व सभासद आत्माराम साह, वीरगञ्ज महानगरपालिकाका कार्यपालिका सदस्य अरविन्द गुप्ता, वडा नम्बर ११ का वडा अध्यक्ष प्रधुम्न सेढाई, सुरजी देवी मावी विधालय व्यवस्थापन समितीका अध्यक्ष अजय गुप्ता, वडा नम्बर ११ का अभिभावक विनोद महतो लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक अनिल कुमार बरनवालले गरेका थिएभने सहजिकरण विधालयका शिक्षक राम प्रसाद पाण्डेले गरेका थिए ।

Comment


Related News

Latest News

Trending News