![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/08/Ministry-of-Health-and-Population-1.jpg)
नेपालमा सोमबार थप १२२ जनामा कोरोना पुष्टि भएको छ ।
याो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ८४० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा दुई हजार ५५ जनाले कोरोनाका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १४४ जना संक्रमित निको भएका छन् भने हालसम्म २ लाख ६९ हजार २०४ जनाले नेपाालमा कोरोना जितेका छन् ।
हाल नेपालमा १५ सय ८१ जना आइशोलेशन र ७९ जना क्वारेन्टाइनमा छन् भने २१ लाख २० हजार ५९१ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।