अपडेट 
२०७७ फाल्गुन ४, मंगलवार ०६:५२

संसद विघटनको मुद्दामा सोमबार रिट निवेदकको जवाफी बहस सकिएको छ । अब मंगलबारदेखि अदालतको सहयोगी (एमिकस क्युरी) को बहस सुरु हुनेछ ।

यो मुद्दामा सर्वोच्च अदालतले नेपाल बार एशोसिएशनबाट ३ जना र सर्वोच्च अदालत बार एशोसिएसनबाट २ जना एमिकस क्युरी माग गरेको थियो । नेपाल बारले बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतीशकृष्ण खरेल तथा सर्वोच्च अदालत बार एशोसिएसनबाट पूर्णमान शाक्य र गीता पाठक एमिकस क्युरीको रुपमा चयन भएका छन् । उनीहरुले कुनै पक्ष विपक्षमा नरही अदालतलाई राय दिनेछन् । एमिकस क्युरीको रायपछि फैसला आउनेछ । यसअघि आइतबार र सोमबार रिट निवेदकका तर्फबाट जवाफी बहस भएको थियो ।

संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News