अपडेट 
२०७७ फाल्गुन ४, मंगलवार १५:४५

धनुषाको कमला नगरपालिकामा मंगलबार एकजना महिला मृत अवस्थामा फेला परेकी छन् ।

कमला नगरपालिका-२ माचिझिटकैयामा अन्दाजी ३५ वर्षकी संगीतादेवी गडेरी राउत मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी बिहानै घर नजिकैको खेतमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले जानकारी दिए । मृतक महिलाको घाँटीमा निलडाम रहेको छ । मृतक खुशीलाल गडेरीका जेठी पत्नी हुन् । संगीताको शव फेला परेपछि उनका पति खुशीलाल फरार भएको प्रहरी निरीक्षक रोकायाले बताए ।

मृतक महिलाको शवको पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको प्रहरीले जनाएको छ भने फरार रहेका महिलाको खोजी भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News