अपडेट 
२०७७ फाल्गुन ४, मंगलवार १६:४३

नेपालमा मंगलबार थप १०५ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ९४५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ९९ जना कोरोनामुक्त हुँदा हालस्म्म नेपालमा २ लाख ६९ हजार ३०३ जनाले कोरोना जितेका छन् । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा अहिलेसम्म दुई हजार ५५ जनाले नेपालका कोरोनाका कारण ज्यान गुमाएका छन् । हाल १५ सय ८७ जना आइशोलेशनमा र ७४ जना क्वारेन्टाइनमा छन् । हालसम्म २१ लाख २३ हजार ९५१ वटा पिसिआर गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

Comment


Related News

Latest News

Trending News