अपडेट 
२०७७ फाल्गुन ५, बुधबार ०७:५८

महोत्तरी जिल्लाको स्वास्थ्य चौकी मटिहानीमा मंगलवार देखि हाड जोर्नी सम्बन्धी रोगहरुको स्वास्थ्य जाँच शुरु भएको छ ।

डा. गोविन्द केसी द्वारा हाड जोर्नी रोगबाट ग्रसित दीर्घ रोगीहरुलाई मंगलवार विहान देखि नि– शुल्क उपचार शुरु गरिएको कुरा उहाँका सहयोगी स्वास्थ्यकर्मी गिरेन्द्र झाले बताउनु भयो । यसैविच उहाँ मटिहानी आईपुग्दा मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डल सहित स्थानीयहरु स्वागत गरेका थिए । ग्रामीण जनतालाई स्वास्थ्य सेवा पुर्याउन उद्देश्यले आफु मटिहानी आएको कुरा डा. केसीले बताउनु भयो । शिविरमा मंगलवार हाडजोर्नीबाट पिडित ८० (अस्सी) जनाको उपचार गरी औषधी समेत वितरण गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News