अपडेट 
२०७७ फाल्गुन ५, बुधबार ११:४०

सर्लाहीमा गुड्दै गरेको ट्याक्टरमा आगो लगेको छ ।

मुर्तियाबाट जिरायततर्फ जाँदै गरेको ना. १ त ७२८९ नम्बरको ट्याक्टरमा बरहथवा नगरपालिका ९ मुर्तियामा करेन्ट लागेर आगलागी भएको हो । ट्याक्टरको ट्रलीमा उखुको भुस लोड गरिएको थियो । प्रहरीका अनुसार ११ हजार भोल्टको विद्युतको तारमा छुन गई करेन्ट लागेर आगलागी हुँदा ट्याक्टरको पछाडिको ट्रली र भुस पूर्ण रुपमा जलेको छ । आगलागीबाट दुई लाख रुपैयाँ बराबरको क्षति भएपनि मानवीय क्षति नभएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए । आगोलाई स्थानीय बासिन्दा र प्रहरी मिलेर नियन्त्रणमा लिएका थिए ।

Comment


Related News

Latest News

Trending News