अपडेट 
२०७७ फाल्गुन ५, बुधबार १६:५६

सप्तरी, राजविराज, ५ फागुन । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले जनताद्वारा निर्वाचित प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले प्रतिगमन गरेको आरोप लगाएका छन् ।

कार्यकर्ता भेटघाट तथा अन्य कार्यक्रममा सहभागि हुन बुधबार राजविराज आएका नेता महतोले मुलुकको राजनैतिक संकट निकासका लागि प्रधानमन्त्रीको कदम सच्याउनु आवश्यक रहेको बताएका हुन् । प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले चालेको कदम प्रतिगमनका साथै संबैधानिक “कु” पनि हो, उनले भने, प्रतिनिधिसभा पुर्नस्थापना गरेर यो कदमलाई सच्याउन आवश्यक छ । आफूहरु प्रधानमन्त्रीका कदमका बिरुद्ध संघर्षमा रहेको भन्दै उनले यसका लागि अन्य दलहरुसित समेत संयुक्त मोर्चा बनाएर आन्दोलनमा जाने बारेमा प्रयास भइरहेको समेत बताए । पहिचान र अधिकारका लागि आन्दोलन गरेका जननिर्वाचित प्रतिनिधि रेशम चौधरीलाई सरकारले आजिवन कारावासमा राखेको भन्दै नेता महतोले संयुक्त आन्दोलनका क्रममा आफूहरुको तर्फबाट यो विषयलाई पनि साझा मुद्दा बनाइने बताए । रेशम चौधरी लगायत अन्य राजनीतिक बन्दीहरुको रिहाईको कुरा पनि हाम्रो मुद्दा रहने छ, उनले भने, संविधान संशोधन र प्रतिनिधिसभाको पुर्नस्थापनाका साथ साथै यी विषयलाई पनि हामी उठान गर्ने छौं ।

राजपा र समाजवादी पार्टीबीचको एकीकरणबाट बनेको जनता समाजवादी पार्टी नेपालमा समायोजनको विषयमा कीन विलम्ब भइरहेको हो ? भनि राखिएको जिज्ञासामा उनले यो काम छिट्टै सकिने बताए । समायोजनको विषयमा कतैकतै विवाद देखिनु लोकतान्त्रिक पार्टीमा सामान्य हो, उनले थपे, हामी यी विषयलाई छिट्टै समाधान गरि अघि बढ्ने छौं । नेता महतोले बुधबारै राजविराजमा संचालनमा ल्याइएको बालाजी डेन्टल क्लिनक प्रालिको उद्घाटन गरेका थिए । सोही दिन उनले हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुर पुगेर तीन दिनअघि निधन भएका जनता समाजवादी पार्टी नेपालका केन्द्रि सदस्य सुरेन्द्र झाका परिवारजनलाई भेटेर सम्वेदना समेत व्यक्त गरेका छन् ।

Comment


Related News

Latest News

Trending News