अपडेट 
२०७७ फाल्गुन ५, बुधबार १९:३३

जनकपुरधाम, ५ फागुन । मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक गौरबको योजना रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रदेशवासीको चाहना पूरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

बुधबार एक समारोहका बीच उहाँले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको समुद्घाटन गर्दै सबै प्रकारको रोगको उपचार एकै स्थानबाट होस् भन्ने चाहना प्रदेशबासीको रहेको छ, उहाँले भन्नुभयो, प्रतिष्ठानले यो चाहना पुरा गर्ने छ । उहाँले स्वास्थ्यको क्षेत्रमा प्रदेशले ठूलो फड्को मारेको धारणा राख्नुभयो । एमबीबीएस, एमडी लगायतको पठनपाठन हुने भएपछि मधेशका युवाहरु अव बाहिर जानुपर्ने आवयश्कता नरहने उहाँले बताउनुभयो । प्रादेशिक अस्पताल जनकपुर परिसर भित्र एक समारोहका बीच मुख्यमन्त्री राउत र समाजिक विकास मन्त्री नवल किशोर साहले संयुक्त रुपमा समुद्घाटन गर्नुभएको छ ।

सो अवसरमा समाजिक विकास मन्त्री साहले प्रदेशवासीको सपना सकार भएको बताउनुभएको थियो । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा। डा। रामकेवल साहलाई मुख्यमन्त्री राउतले शपथ ग्रहण गराउनुभएको थियो । रेक्टर डा। अंकुर साह र रजिष्टार डा। विनोद यादवलाई सहकुलपति समेत रहनुभएका समाजिक विकास मन्त्री साहले शपथ गराउनुभएको थियो ।
सो अवसरमा प्रदेशका सांसद, डाक्टर, राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News