अपडेट 
२०७७ फाल्गुन ६, बिहीबार ०७:५१

गौर । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री डा. डिम्पल झाका बुवा सुदर्शन पाठकले घरमा काम गर्ने बालिकामाथि यौन र्दुव्यवहार गरेको आरोप लागेको छ ।

राज्यमन्त्री झाले रौतहटमा आफ्नो नीजि निवासमै संचालन गरेको एफ एम रेडियोको स्टेशन मैनेजरको जिम्मेवारी सम्हादै आएका बुवा पाठकले यौन र्दुव्यवहार गर्न खोजेको आरोप पीडित बालिकाले लगाएकी छन् । राज्यमन्त्री झाले घरमा काम गर्नको लागि एक बालिकालाई राखेकी छन् । रौतहट निर्वाचन क्षेत्र नम्बर १ का सांसद एवं जनता समाजवादी पार्टीका नेता अनिल झाका ससुराले काम गर्ने बालिकालाई यौन र्दुव्यवहार गरेको पीडितकी आमाले भनिन् । घरको काम काज गर्नको लागि राखिएको बालिकालाई ७० वर्षीय सुदर्शन पाठकले यौन र्दुव्यवहार गर्ने प्रयास गरेको उनको आरोप थियो । स्थानीय गौर नगरपालिका वड़ा नम्बर ५ मा सांसद झाले आफ्नै घरमा सञ्चालन गरेको रेडियो संस्कृतिको स्टेशन मैनेजरको रुपमा जिम्मेवारी सम्भालदै आएका प्रदेश २ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री झाको बुवा पाठकले १२ वर्षीय बालिकालाई बलात्कार गर्ने प्रयास गरेको छ ।

रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका अंतर्गत रहेका देवी परसा टोला निवासी उक्त बालिकाले घरमा ढोका लगाएर कपडा खोल्ने प्रयास गर्दा घरबाट भागेको प्रहरी समक्ष बयान दिएकी छन् । घरबाट भागे पनि नानापाठक)ले मोटरसाइकललेपछ् याएको पीडित बालिकाले भनिन् । बाल श्रम गराउनु कÞानूनी अपराध भएपनि सांसद झाले काम गर्न राखिएकी बालिका उनकै घरमा असुरक्षित भएको छ । सांसदको ससुरा तथा राज्य मन्त्री झाको बुवा पाठकले भने आरोपलाइ अस्वीकार गरेका छन् । भारतीय नागरिक रहेका पाठकले राजनीतिक चरित्र हत्या गर्ने उदेश्यले आफू माथि गलत आरोप लगाएको बताए । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले बालिकाले दिएको बयानको आधारमा अनुसन्धान भइरहेको बताए ।

Comment


Related News

Latest News

Trending News