![](https://ejanakpurtoday.com/wp-content/uploads/2021/02/Nepal-Medica-Council.jpg)
नेपाल मेडिकल काउन्सिलले एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षाको मिति सार्वजनिक गरेको छ ।
काउन्सिलले फागुन ९, १० र ११ गते हुने एमबीबीएस र बीडीएसको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा सञ्चानल गर्ने जनाएको छ ।इन्जिनियरिङ्ग अध्ययन संस्थान, सुचना तथा सञ्चार प्रविधि केन्द्र, पुल्चोकमा बिहान १० बजेदेखि १ बजेसम्म परीक्षा सञ्चालन हुने काउन्सिलद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । एमबीबीएस तर्फको परीक्षा फागुन ९ गतेदेखि १० गतेसम्म हुने छ भने बीडीएसको परीक्षाा फागुन ११ गते हुने छ । दर्ता प्रमाणपत्र परीक्षामा १ हजार ७४ जना एमबीबीएस र २ सय १० जना बीडीएसका परीक्षार्थी सहभागी हुने छ ।
![](https://i0.wp.com/ejanakpurtoday.com/wp-content/uploads/2021/02/council_6uzecJAUej.jpg?resize=724%2C1024&ssl=1)