पश्चिमी वायुको प्रभावले अहिले (शुक्रबार बिहान) प्रदेश १ र २ सहित देशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली रहेको छ। यसबाहेक अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् प्रतिभा मानन्धरका अनुसार दिउँसो पहाडी भेगका एक दुई स्थानमा फाटफुट वर्षा हुने सम्भावना छ। दिउँसो प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
राती : प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने