अपडेट 
२०७७ फाल्गुन ८, शनिबार ०८:३३

प्रदेश २ को प्रदेश प्रमुखमा मधेशविज्ञ डा.राजेश झा ‘अहिराज’ नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा रौतहटका राजेश झालाई प्रदेश नं २ का प्रदेश प्रमुखमा नियुक्त गरेकी छन् । झाको नागरिकतामा ठेगाना रौतहट जिल्ला भएपनि उनी सर्लाही जिल्लाका बासिन्दा हुन् ।लामो समयदेखि काठमाण्डुमा बसोबासगर्दै आएका झा पत्रकारिता पेशाबाट प्रदेश प्रमुख सम्म पुगेका छन् । नेपालको संविधानको धारा १६३ उपधारा (२)बमोजिम नेपाल सरकारको सिफारिशमा उनलाई शुक्रवार प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जनाएकाछन् । प्रदेश प्रमुख नियुक्त भएका झालाई राष्ट्रपति विद्या देवी भण्डारीले राष्ट्रपति भवनमा दिउँसो सपथग्रहण गराएकी छन् । ‘मधेशवाद’मा पीएचडी गरेका झा लामो समय पत्रकारिता पेशामा आबद्ध रहेका थिए ।काठमाण्डुबाट उनले मधेशवाणी साप्ताहिक पत्रिकाको सम्पादन र प्रकाशन, मधेश मिडिया हाउस, मधेश दर्पण फिचर सेवा लगायतका कामहरुगर्दै आएका थिए ।

संघियतामा प्रदेशको चर्को बिरोधीको रुपमा आफूलाई स्थापित गरेका अहिराज प्रदेश प्रमुख नियुक्त भएका छन् ।उनको नियुक्तीले प्रदेश २ सरकारमा कम्पन देखिएकोछ ।चौतर्फी आलोचना खेपिरहेको प्रदेश २ सरकारका लागि मधेश बुझेका प्रदेश प्रमुख झासित काम गर्न सहज असहजको मुल्यांकन केहि समयपछि नै हुनेछ । व्यापक अनियमितता र सुविधाभोगी निर्णयहरु गर्ने प्रदेश सरकारका लागि अगामी दिन ‘फलामको च्युरा’ हुन सक्छ ।तर कतिपय जानकारहरुले मुख्यमन्त्री मो.लालबाबु राउत गद्दी केहि महिनापूर्व देखि नै अहिराजको सम्पर्कमा रहेकाले ‘सेंटिग’ हुने विश्लेषण गरेका छन् । यसअघि राष्ट्रपतिले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी थिइन् । राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा गत वर्ष कात्तिकमा सातवटै प्रदेशका प्रमुखलाई पदमुक्तगरि सरकारको सिफारिसमा सबै प्रदेशमा नयाँ प्रदेश प्रमुख एकै दिन नियुक्त गरेकी थिइन् ।

अन्य प्रदेशहरुमा प्रदेश प्रमुख यथावत रहेपनि प्रदेश २ को प्रमुख परियारलाई सरकारले हटाएकोछ । हटाइएका प्रमुख परियारले आफूलाई दलित भएको कारण अनाहकमा पदमुक्त गरिएको दुखेसो पोख्दै आवश्यकता अनुसार अदालत सम्म जाने बताएका छन् । सञ्चारकर्मीहरुसितको संक्षिप्त प्रतिकृयामा उनले भने,‘म माथि हाल सम्म कुनै अभियोग लगाइएको छैन् ।पदमुक्त हुनु अगाडी बिहान उनी प्रजातन्त्र दिवसको कार्यक्रममा भाषण गरेका थिए ।

Comment


Related News

Latest News

Trending News