अपडेट 
२०७७ फाल्गुन ८, शनिबार १२:४१

आगामी चैत १५ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घण्टामात्र खुल्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालनको समय २१ बाट घटाएर १८ घण्टामा सीमित पार्ने निर्णय गरेको हो । लकडाउनपछि खुलेको विमानस्थलमा उडान संख्या धेरै नभएको तथा दिउँसोकै समयमा पनि खाली भएकाले अतिरिक्त समय सञ्चालन गरेर लागत नबढाउने प्राधिकरणको निष्कर्ष छ । केही उडानका लागि विमानस्थल सञ्चालनको धेरै लागत बढाउनु उपयुक्त नभएकाले दिनमा १८ घण्टामात्र सञ्चालन गर्ने निर्णय गरिएको विमानस्थल कार्यालयका महाप्रबन्धक प्रताप तिवारीले जानकारी दिए । नयाँ व्यवस्था लागू भएसँगै विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्ममात्र खुला हुने छ । २०७५ साल जेठदेखि प्राधिकरणले विमानस्थल सञ्चालन समय बढाएर २१ घण्टा बनाएको थियो ।

यो निर्णयपछि राति १२ बजेपछि उडान गर्दै आएका नेपाल एयरलाइन्स, जजिरा एयरवेज, एयर अरेबिया र कतार एयरवेजलाई उडान तालिका व्यवस्थापन गर्न पत्राचार गरिसकिएको प्राधिकरणले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News