अपडेट 
२०७७ फाल्गुन ८, शनिबार १५:३९

सप्तरी, राजविराज, ८ फागुन । भारतबाट मोटरसाइकलमा तस्करी भई ल्याउँदै गरेका ठूलो परिमाणको रेडिमेड कपडा शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहान ६ बजेतिर गोप्य सूचनाको आधारमा पुगेको इलाका प्रहरी कार्यालय कडोरबोनाको टोलीले पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको सुरुङ्गा नगरपालिकास्थित बलान खोला पुलमा चेकजाचको क्रममा तस्करीका कपडा र तस्करीमा प्रयोग भएको तीन वटा मोटरसाइकसहित दुई जना तस्करलाई समेत नियन्त्रणमा लिएको छ । दुई जना तस्कर भने फरार भएको डिएसपी भुवनेश्वर साहले जानकारी दिए । टोलीले बरामद गरेको सामानमा २ सय ६५ थान ट्याकसुट पाइन्ट, २ सय ४२ थान भेस्ट र १ सय ३४ थान हाफ पाइन्ट लगायतका रेडिमेड कपडा छन् ।

यस्तै तस्करीमा प्रयोग गरिएको बिआर ०७ सी ७०२७ र बीआर ५५ एच २२३५ नम्बरको भारतीय मोटरसाइकल तथा नेपाली बा.२५प. ५८३० नम्बरको मोटरसाइकसहित सप्तरीको सुरुङ्गा नगरपालिका ४ निवासी रामअवतार यादव र सिरहाको भगवानपुर गाउँपालिका ४ निवासी मो. नसरुद्धिनलाई प्रहरी नियन्त्रणमा लिइएको डिएसपी साहले बताए । मोटरसाइकल छाडेर भागेका दुई जना तस्करको भने खोजी कार्य भइरहेको उनको भनाई छ । उक्त क्षेत्रमा सीमा तस्करको चलखेल बढेको सुराकीका आधारमा निगरान्ी बढाइएको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले बताए ।

Comment


Related News

Latest News

Trending News