अपडेट 
२०७७ फाल्गुन ९, आईतवार ०८:०२

धनुषा जिल्लाको नगराइनबाट अपहरणमा परेका बालकलाई प्रहरीले ३ घण्टाको अप्रेशनपछि उद्धार गरेको छ ।

नगराइन नगरपालिका–६ गंगुलीका रमेश साहको ६ वर्षीय छोरा चन्दन साहलाई शनिवार राती उद्धार गरिएको प्रदेश प्रहरी प्रमुख डीआइजी धिरजप्रताप सिंहले बताए । शनिबार दिउसो बालकलाई अपहरण गरिएको थियो । प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा खटेको अप्रेशन टोलील अपहरणमा परेका बालकलाई जनकपुरबाट उद्धार गरेको डिआइजी सिंहले बताए । घर अगाडीबाट दिउसो अपहरणमा परेका बालकको परिवारबाट १ करोड फिरौती रकम माग गरिएको थियो ।

बालक अपहरणमा मामा र बुवा नै संलग्न रहेका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । अपहरणमा संलग्नहरुको अबेर राती सम्म प्रहरीले खोजी जारी राखेको थियो । आफ्नै घरको रुपैया फिरौती वापत असुल्न मामा र बुवाले नै मिलेर बालकको अपहरण गरेका प्रहरीले जनाएको छ । अपहरण सम्बन्धमा थप अनुसन्धान भइरहेको डीआईजी सिंहले बताए ।प्रहरीले बालकको मामाको खोजीलाई तिव्र बनाएकोछ ।उनीहरुले अपहरित बालकका हजुरबुवालाई फोनगरि फिरौती माग गरेका थिए ।

Comment


Related News

Latest News

Trending News